माछापुच्छ्रे गाउँपालिकामा जीप दुर्घटना, ९ जना घाइते

२०८० भाद्र १०, आईतवार

पोखरा : कास्कीको माछापुच्छ्रे गाउँपालिकामा बलेरो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था सामान्य रहेको र बाँकी २ जनाको पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको माछापुच्छ्रे गाउँपालिका ७ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिए ।

पोखरा–माछापुच्छ्रे इदीखोला चल्ने चालकसहित १० जना सवार ग ३ च ५८३८ नम्बरको उक्त बलेरो जीप मणिलाल मार्गस्थित मर्दीपुलमा दुर्घटनामा परेको थियो । ‘जीप बाटादेखि करिब १५ मिटर तल खसेर उत्तिसको रुखमा अल्झिएको थियो ।

सामान्य घाइतेहरुलाई उपचार पछि घर पठाइसकिएको छ,’ वडाध्यक्ष क्षेत्रीले भने । घाइते सबै माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ कै रहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार