बाँके दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ७ पुग्यो

२०८० भाद्र २३, शनिबार

बाँके : बाँकेको शमशेरगन्जस्थित जंगलमा रोकिराखेको ट्रकसँग बस ठोक्किँदा मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ । दुर्घटनामा अन्य १३ जना सख्त घाइते भएका छन् । 

कोहलपुरका डीएसपी सुन्दर तिवारीले बिग्रिएर मर्मतका लागि रोकिराखेको ना ८ ख ६४०५ ट्रकलाई ना ७ ख २३२१ नम्बरको बसले ठक्कर दिन पुग्दा दुर्घटना भएको बताए । दुर्घटनामा काशीराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारु र सहचालकसहित अन्य दुई जनाको मृत्यु भएको हो । सहचालकसहित अन्य दुई जनाको नाम खुलेको छैन ।

बर्दियाको बेतनी सामुदायिक वन उपभोक्ता समितिका सदस्यहरू बस रिजर्भ गरेर दाङको थारु सङ्ग्रहालय भ्रमण गरी फर्किने क्रममा दुर्घटनामा भएको बताइएको छ । 

राप्ति सोनारी गाउँपालिका–८ को जंगल क्षेत्रमा राति सवा ९ बजेतिर घटनाको भएको प्रहरीले जनाएको  छ। घाइतेहरूको नेपालगन्ज उपचार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार