डडेलधुरामा एक वडा सचिव मृत फेला

२०८० भाद्र २६, मंगलवार

धनगढी : डडेलधुराको अमरगढी नगरपालिका वडा नम्बर १ का सचिव खगेन्द्रप्रसाद पन्त मृत अवस्थामा फेला परेका छन् ।

अमरगढी नगरपालिकाकै स्याउले नजिक उनी आज खाल्डोमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक कुसुम नायकले बताए ।

पन्तको से ५ प २८०३ नम्बरको मोटरसाइकल पनि खाल्डोमै भेटिएकाले दुर्घटनामा मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको छ ।

Shivam Cement
पन्तको शव अहिले डडेलधुरा अस्पतालमा लगिएको छ । भने घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ५८ वर्षीय पन्तको घर बैतडीको पाटन नगरपालिका १ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार