एमाले कर्णाली प्रदेशको अध्यक्षमा शाह विजयी

२०८० आश्विन १५, सोमबार

सुर्खेत : नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाहको जित सुनिश्चित भएको छ ।

५०० मतको परिणाम आउँदा शाहले ३१० मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी मीनबहादुर शाहीले १६४ मत मात्रै पाएका छन् । १०९ मत गन्न बाँकी रहँदै शाहको मतान्तर १६४ भएकाले जित सुनिश्चित भएको हो ।

अध्यक्षका अर्का उम्मेदवार प्रकाश रोकायाले भने ४ मत मात्रै पाएका छन् । अन्य पदमा पनि शाहकै प्यानलको अग्रता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार