आजदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला

२०८० आश्विन २२, सोमबार

काठमाडौं : आज बाट दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ ।

आजदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिए ।उनका अनुसार गत शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच आजदेखि बुकिङ खुला गर्ने सहमति भएको थियो । 

यसअघि व्यवसायीले गाडी भाडा नबढाए बुकिङ नखोल्ने अडान राख्दै आएका थिए । तर, सरकारसँग भएको छलफलमा व्यवसायी पुरानै भाडामा अग्रिम टिकट खुल्ला गर्न सहमत भएका हुन् । दसैँको अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार