काभा च्यालेन्ज कप : अफगानिस्तानलाई हराउँदै नेपालको दोस्रो जित

२०८० आश्विन २४, बुधबार

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंकामा जारी काभा च्यालेन्ज कपमा नेपालले दोस्रो जित हात पारेको छ।

बुधबार श्रीलंकाको कोलोम्बोमा भएको खेलमा नेपालले अफगानिस्तानलाई ३–२ को सेटमा हराउँदै दोस्रो जित निकालेको हो।

नेपालले पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको थियो। त्यसपछिका दुई सेट भने नेपालले लगातार गुमायो। दोस्रो सेट २६–१९ ले गुमाएको नेपालले तेस्रो सेट पनि २५–२२ ले गुमाउन पुग्यो।

तर प्रतिस्पर्धात्मक खेलको चौथो सेट नेपालले २५–२१ ले आफ्नो पक्षमा पार्दै खेललाई पाचौँ सेटसम्म पुर्याएको थियो।

निकै प्रतिस्पर्धात्मक पाचौँ तथा निर्णायक सेटमा नेपालले १५–१० ले हराउँदै खेल आफ्नो पक्षमा पारेको हो। नेपालले अब शुक्रबार साउदी अरेबियासँग खेल्नेछ। राउण्ड रोविनको अन्तिम खेलमा शनिबार उज्वेकिस्तानसँग खेल्ने तालिका छ।

पहिलो खेलमा नेपालले सोमबार बंगलादेशलाई ३–१ को सेटमा पराजित गर्दै विजय सुरुवात गरेको थियो। तर दोस्रो खेलमा भने नेपाल घरेलु टोलीसँग ३–० को सोझो सेटमा पराजित भयो।

६ टोली सहभागी च्यालेन्ज कपमा राउन्ड रोविन लिगपछि अंकतालिकाका शीर्ष २ मा रहने टोलीले फाइनल खेल्नेछन्। त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि स्पर्धा गर्नेछन्।

फाइनल र तेस्रो स्थानका खेल २८ गते हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार