विपिनका परिवार तनावमा

२०८० आश्विन २६, शुक्रबार

बैतडी :  इजरायलमा हमासको आक्रमणपछि बेपत्ता भएका बैतडीका विपिन जोशी अझै सम्पर्कमा आउन सकेका छैनन् । बैतडीको दोगडाकेदार गाउँपालिका–१, रिमका विपिन जोशी भदौ अन्तिम साता इजरायल गएका थिए। हमासको आक्रमणपछि उनी शनिबारदेखि सम्पर्कविहीन छन् । 

विभिन्न सञ्चार माध्यमले इजरायलस्थित नेपाली दूतावासलाई उद्धृत गर्दै विपिन जोशी सम्पर्कमा आएको र अस्पतालमा उपचार भइरहेको भन्ने समाचार सत्य नरहेको पारिवारिक स्रोतले जनाएको छ । स्थानीय सञ्चार माध्यमले भ्रमपूर्ण समाचार सम्प्रेषण गर्दा परिवारमा झन् तनाव सिर्जना भएको विपिनका दाजु किशोर जोशीले बताए । 

विपिनको विषयमा परराष्ट्र मन्त्रालय र इजरायलस्थित नेपाली राजदूतावासको आफू नियमित सम्पर्कमा रहेको जानकारी दिदै उनका दाजु किशोर जोशीले भाइको कुनै अत्तोपत्तो लाग्न नसकेको बताए । सरकारका आधिकारिक निकायसँग र आक्रमणमा परी भाइते भएका विपिनका सहपाठी कैलालीका वीरेन्द्र चौधरीसँग नियमित सम्पर्क भइरहेको भए पनि भाइको विषयमा कुनै जानकारी नआएको जोशीले बताए ।    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार