झापामा खेलिरहेकी बालिकालाई धानबारीमा लगेर बलात्कार गर्ने ५५ वर्षीय पुरुष पक्राउ

२०८० आश्विन ३०, मंगलवार

काठमाडौँ : प्रहरीले झापाबाट बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–५ आमबाडी घर भएका फुलसिंह ताजपुरिया छन् ।

ताजपुरियाले ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । घर नजिकै खेलिरहेकी बालिकालाई उनले धानबारीमा लगेर बलात्कार गरेका हुन् । घटनाबारे इलाका प्रहरी कार्यालय शिवगञ्जले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार