त्रिकोणात्मक टी-२० क्रिकेट: हङकङमाथि नेपालको सानदार जित

२०८० कार्तिक २, बिहीबार

काठमाडौँ : त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। काठमाडौंको मूलपानी क्रिकेट मैदानमा आज भएको सिरिजको दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्दै जित हात पारेको हो।

हङकङले दिएको ९५ रनको लक्ष्यसहित मैदान उत्रेको नेपालले निर्धारित २० ओभरको १३ दशमलव ५ बलमा लक्ष्य पूरा गर्यो। नेपालका लागि आशिफ शेखले सर्वाधिक ४२ रन बनाए।

टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ओभरको ३ बल बाँकी छदा सबै विकेट गुमाएर ९४ रन बनायो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार