काठमाण्डौ : आश्विन शुक्ल पक्षको द्वादशी, बडादशैँको टीका लगाउने क्रम बिहीबार पनि जारी छ। नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ।
घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जान्छन्। टाढा रहेका बन्धु, मावली र ससुरालीकहाँ टीका लगाउन जाने चलन छ। यो क्रम पूर्णिमासम्म रहन्छ। आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ।
नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ।
पश्चिम नेपालका धेरे जिल्लामा विजयादशमीको दिन मात्र टीका लगाउने प्रचलन रहे पनि अरु स्थानमा पूर्णिमासम्म टीका लगाउने गरिन्छ। बडादशैँको मुख्य दिन हिजो अधिकांशले आफ्ना मान्यजनबाट टीका र जमरा लगाएर आर्शिवाद लिएका छन् ।
घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जाने गर्छन्। टाढा रहेका बन्धु, मावली र ससुरालीकहाँ टीका लगाउने यो क्रम पूर्णिमासम्म रहन्छ। आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ।





