जनकपुरमा एक युवक मृत फेला, हत्याको आशंका

२०८० कार्तिक ९, बिहीबार

जनकपुरधाम : जनकपुरमा एक युवकको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका २३ बेलास्थित धान खेतमा अन्दाजी २५ वर्षीय युवकको शव आज बिहान मृत फेला परेको हो ।

मृतक युवकको पहिचान खुल्न नसकेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

उनका अनुसार मुखमा रगत देखिएको छ र घटनास्थलको प्रकृतिले मृत्यु शंकास्पद देखिएको छ । घटनाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुरसहितको टोली ल्याउन लागिएको उनले बताए ।

हत्या घटना रातिकै हुन सक्ने प्रहरीको अनुमान छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0

ताजा समाचार