हुम्लाका डीएसपी भट्टराई निलम्बन

२०८० कार्तिक ११, शनिबार

काठमाडौं : जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी भीमलाल भट्टराई निलम्बनमा परेका छ्न् ।

महिला प्रहरी कर्मचारीमाथि मादक पर्दाथ सेवन गरेर अभद्र व्यवहार गरेको उजुरी परेपछि उनी निलम्बनमा परेको प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायतले जानकारी दिए । उनलाई कात्तिक ३ मा गृहमन्त्रालयले निलम्बन गरेको हो ।

भट्टराईको ठाउँमा प्रहरी प्रधान कार्यालयले डीएसपी रवीन्द्र खनाललाई पठाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार