बिदेशी पर्यटकको हेलिकप्टरबाट उद्धार

२०८० कार्तिक १३, सोमबार

सुलीकोट : पर्यटकीय हब बन्दै गइरहेको उत्तरी गोरखामा लेक  लागेर बिरामी परेका दुई जना बिदेशी पर्यटकको उद्धार गरिएको छ ।

गोरखाको चुमनुब्री गाउँपालिका –६ रिपचेतस्थित लुम्जेन गुम्बामा पुगेपछि बिरामी परेका बिदेशी पर्यटकको सोमबार उद्धार गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए ।

लेक लागेर बिरामी पर्नेमा अमेरिकन नागरिक इरिक कोनेल ओलराज र स्वीजरल्याण्ड नागरिक सोल्भे सोफिया सिहाल रहेको जिल्ला प्रहरी कार्यालय गोरखामा सुचना अधिकारी डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार सोमबार बिहान ७ बजे अल्टिच्युड एयरको हेलिकप्टरमार्फत दुबै जनालाई राजधानीको रिद्धी इन्टरनेश्नल हस्पिटल लगिएको हो ।

दुबै पर्यटकलाई आइतबार नै उद्धार गर्ने प्रयास असफल भएपछि आबश्यक कानुनी प्रक्रिया पूरा गर्दा उद्धारमा ढिलाइ भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार