पुराना दलहरु सबै बेठिक हुन् भन्ने भाष्य तयार गरिएको छः रमेश लेखक

२०८० कार्तिक १६, बिहीबार

काठमाडौं : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पुराना दलहरु सबै बेठिक हुन् भन्ने भाष्य तयार गरिएको आरोप लगाएका छन्। बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

यो व्यवस्था र संविधान ल्याउने राजनीतिक दलहरु बेठिक हुन् भन्ने किसिमले प्रायोजित रुपमै आक्रमण भइरहेको बताउँदै लेखकले यो संविधान र व्यवस्था असफल भए मुलुक खतरामा जाने दाबी गरे।

उनले संविधान सफल बनाउन सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने बताए। संविधान सफल गर्नका लागि लोकतान्त्रिक मूल्य र मान्यताको परिधिमा बसेर सहमति र सहकार्यको विकास गर्नुपर्ने भन्दै लेखकले राजनीतिक दलहरु संविधानको सुरक्षाका लागि र व्यवस्थाको सुरक्षाका लागि एक ठाउँमा उभिन जरुरी रहेको जिकिर गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार