हुथी विद्रोहीले अमेरिकाको ड्रोन विमान खसालिदिए

२०८० कार्तिक २३, बिहीबार

काठमाडौं : एक वरिष्ठ अमेरिकी अधिकारीले यमनका हुथी विद्रोहीले अमेरिकी एमक्यू-९ रिपर ड्रोन खसालेको बताएका छन् ।

समाचार एजेन्सी एएफपीका अनुसार एक अमेरिकी अधिकारीले भनेका छन्, “अमेरिकी सेनाको रिमोट कन्ट्रोल विमान एमक्यु-९ लाई यमनको तटमा हुथी सेनाले खसाल्यो।”

हुथीहरू एउटा सशस्त्र समूह हो जसले सन् २०१५ देखि यमनको समर्थक साउदी सरकारसँग युद्ध लडिरहेको छ। यसअघि हुथी विद्रोहीहरूले अमेरिका इजरायल र हमासबीचको युद्धमा प्रत्यक्ष रूपमा संलग्न भएमा इजरायलमाथि हमाससँग मिलेर आक्रमण गर्ने धम्की दिएका थिए ।

अक्टोबर ७ मा हमास र इजरायलबीच द्वन्द्व सुरु भएदेखि नै मध्यपूर्वमा आफ्ना सेनामाथि आक्रमण बढेको अमेरिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार