गाजामा बन्धक बनाएकी ६५ वर्षीया महिलाको शव भेटिएको इजरायली सेनाको दावी

२०८० मंसिर २, शनिबार

काठमाडौं : इजरायली सेनाले हमासले गाजामा बन्धक बनाएकी एक महिलाको शव आफ्ना सैनिकहरूले फेला पारेको बताएको छ । आक्रमणको क्रममा हमासले ती महिलालाई बन्धक बनाएको थियो। इजरायल डिफेन्स फोर्सका अनुसार ६५ वर्षीया इजरायली महिला येहुदित वेइसको शव अल शिफा अस्पताल नजिकैको घरबाट फेला परेको हो ।

बन्धकहरूलाई रिहा गर्न माग गर्दै आएको संस्था ब्रिङ देम होमका अनुसार ती महिलालाई स्तन क्यान्सर भएको थियो। अक्टोबर ७ मा हमासले आक्रमण गर्दा ती महिला आफ्नो रोगबाट निको हुँदै थिइन्।

बन्धक बनाएको अवस्थामा उनले औषधि सँगै लैजान पाइनन् । इजरायली सेनाले हमासले आफ्नो आक्रमणको क्रममा २४० इजरायली नागरिकहरूलाई बन्धक बनाएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार