मन्दिरबाट चोरी भएको गरगहनासहित बालक पक्राउ

२०८० मंसिर ५, मंगलवार

महोत्तरी : मन्दिरबाट चोरी भएको गरगहनासहित एक जना बालक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय गौशालाले मन्दिरबाट चोरी भएको १४ आना बराबरको सुनको नथिया र टीकासहित उक्त बालकलाई नियन्त्रणमा लिएको हो।

प्रहरी नियन्त्रणमा रहेको बालकसँग प्रहरीले सोधपुछ गरिरहेको प्रहरी निरीक्षक मनोजकुमार यादवले जानकारी दिए। बजारको मध्यभागमा रहेको दुर्गा मन्दिरका लागि भारतबाट १० लाख भारुमा दुर्गाको आभूषण खरिद गरी ल्याएको मन्दिरका पुजारी काशिकान्त झाले बताए।

छठ पर्वको पारण दिन अर्थात् सोमबारका दिन सो मन्दिरबाट सो आभूषण चोरी भएको पुजारी झाले प्रहरीमा खबर गरेपछि प्रहरीले अनुसन्धानको क्रममा सो बालकलाई आज नियन्त्रणमा लिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार