भन्सार छलीका अवैध कपडा बरामद

२०८० मंसिर ९, शनिबार

बुटवल : जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटेको प्रहरी टोलीले भन्सार छलेर ल्याइएका अवैध कपडा बरामद गरेको छ।

शुक्रबार रुपन्देहीस्थित रोहीणी गाउँपालिका-७ अमुवामा भारतबाट नेपालतर्फ ल्याइएको ३ सय ४० थान कुर्था सुरुवाल प्रहरीले बरामद गरेको हो।बरामद गरिएका उक्त कपडाको नेपाली बजार मूल्य ४ लाख ८ हजार रुपैयाँ बराबरको रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरिक्षक किशोर केसीले जानकारी दिए।

आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालयमा बेलहिया रुपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार