प्रहरीको क्यान्टिनमै मिनिरल वाटरको बोतलमा भेटियो कीरा, १ लाख जरिवाना

२०८० मंसिर ११, सोमबार

काठमाडौं : काठमाडौंस्थित नेपाल प्रहरी वृत्त महाराजगञ्जको क्यान्टिनमा बिक्रीका लागि राखिएको मिनिरल वाटरको बोतलमा कीरा भेटिएको छ ।  कीरा भेटिएसँगै पानी उत्पादक कम्पनी एएण्डबी वेभरेज प्रालिलाई काठमाडौं महानगरपालिकाले १ लाख रुपैयाँ जरिवाना तिराएको छ ।

क्यान्टिनमा बिक्रीका लागि राखिएको मिनिरल वाटरको बोतलमा कीरा भेटिएपछि प्रहरीले आइतबार सो कम्पनी विरूद्ध काठमाडौं महानगरमा उजुरी दिएको थियो । ‘हिजो उहाँहरुको निवेदन हामीलाई परेपछि बोतल सहित चेकजाँच गर्दा माकुरा भेटेको थियौं, त्यसपछि महानगरको अनुगमन समितिले कारबाही गरेको हो’, बजार अनुगमन समितिकी निरीक्षण अधिकृत डा. पूजा खनालले भनिन् ।

कागेश्वरी मनोहरा नगरपालिका–६ को ठेगाना रहेको एएण्डबी वेभरेज प्रालिलाई महानगरले अब अर्कोपटक सोही अवस्था फेला परेमा कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ । यस्तै पानी बोतलमा भर्नु अगाडि बोतल अनिवार्य रुपमा निर्मलीकरण गर्नुपर्ने, समय समयमा पानीको ल्याब परीक्षण गर्नुपर्ने निर्देशन महानगरले दिएको छ ।

प्रालिलाई महानगरले ढुवानीकर्तालाई पनि निर्देशन उपलब्ध गराउन भनेको छ । यस अघि पनि महानगरले पानीको जार कम्पनीलाई पटक पटक कारबाही गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार