निर्माण रोकिएपछि स्थानीयले गरे सडक बन्द

२०८० मंसिर १३, बुधबार

दमक : वैकल्पिक सहायक राजमार्गको रूपमा रहेको झापाको पाडाजुङ्गी–गौरिगञ्ज सडक खण्डको अलपत्र परेको काम पुन निर्माण सुरु भएको एक सातापछि रोकिएपछि स्थानीयहरू आक्रोशित भएका छन् । स्थानीयले एक किलोमिटर क्षेत्रमा ३ ठाउँमा साइकल समेत कुदाउन नमिल्ने गरी ढाँट तेर्स्याएर सडक बन्द गराएका छन् ।

पाडाजुंगीदेखि गेउरीया नजिकसम्म साढे ३ किलोमिटर सडक ठेक्का सम्झौता भएर काम अघि बढे पनि चालु आर्थिक वर्षमा बजेट नपरेपछि काम रोकिए पनि सडक बोर्डबाट ५ करोड रकम सुनिश्चितता भएको भन्दै सडक निर्माणको काम सुरु भएको थियो । निर्माणको काम सुरु भएको एक सातामा नै फेरी काम रोकिएको छ । खरिढुंगा-माङ्वा-पुर्वाञ्चल जेभीले सडक स्तरउन्नतीको काम गर्ने क्रममा सडक डिभिजन कार्यालय दमकमा १ करोड ५० लाखको विल पेस गरेको बताइएको छ । उक्त बिलको रकम नपाएसम्म डिजेल किन्ने र मजदुरलाई दिने पैसा नभएको भन्दै काम रोकेको बताइन्छ ।

नेपाल भारत सीमा गौरीगन्जसंग जोडने गरी दुई वर्ष अघिदेखि पूर्व पश्चिम राजमार्गसँग जोडिएको पाडाजुंगीबाट सडक स्तर उन्नति र विस्तारको काम सुरु भएर ६ महिना अघि रोकिएको थियो । सडक डिभिजन कार्यालय दमकका प्रमुख सुरेश पौड्यालका अनुसार बजेट सुनिश्चितता भएको र निर्णय समेत भइसकेको भए पनि बजेट आइसकेको छैन । करिब ५० प्रतिशत काम पुरा गरेको र ४० प्रतिशतको मात्र निर्माण ब्ययवसायीले भुक्तानी पाएको उहाँले जानकारी दिए । हामी सकेसम्म निर्माण व्यवसायीलाई काम नरोक्नका लागि अनुरोध गरिरहेका छौ, उनले भने । हामीले अनुरोध मात्र गर्न सक्छौ, पौड्यालले जनाए ।

रोकिएको काम मङ्सिर १ बाट सुरु गरेको निर्माण व्यवसायीले एक सातामा नै फेरी काम रोकेपछि स्थानीयहरूले सडक निर्माण अलपत्र नबनाउने सर्त गरेपछि मात्र सडकको अवरोध हटाउने बताउँदै आएका छन् । स्थानीय युवराज पाठकका अनुसार धुलो उडेर हैरान भएको अवस्था छ । खेलाँचीजस्तो गरेर काम गर्नु भएन भन्ने हाम्रो माग हो, उनले भने ।

११ करोड लागतमा सडक स्तर उन्नति सहित चौडा बनाउने काम सुरु भए पनि चालु आर्थिक वर्षमा यस सडकमा बजेट परेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार