बालकृष्ण खाणले न्याय पाउनेमा विश्वस्त छु : देउवा

२०८० मंसिर १३, बुधबार

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका नेता बालकृष्ण खाणले न्याय पाउनेमा आशावादी रहेको बताएका छन्। भैरहवामा कांग्रेस रुपन्देही कार्यसमितिको प्रथम जिल्ला सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्। खाणको गृहजिल्ला रुपन्देहीका कांग्रेस कार्यकर्तालाई आश्वस्त पार्दै देउवाले खाणले न्याय पाउनेमा आफू आशावादी रहेको बताएका हुन्।

भैरहवासमेत समेटिएको रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा उठेर पराजित पूर्वगृहमन्त्रीसमेत रहेका नेता खाणलाई फसाइएको आरोप कांग्रेस कार्यकर्ताले लगाइरहेका छन्। ‘बालकृष्ण खाण यहाँको नेता हो, तपाईंहरुले चुनेर पठाएको प्रतिनिधि पनि हो। त्यसकारण तपाईंहरुलाई चिन्ता लाग्नु स्वाभाविक कुरा ह‍ो,’ उनले भने, ‘मलाई विश्वास छ, उहाँले न्याय पाउनुहुनेछ।’ देउवाले अदालतमा विचाराधीन मुद्दामा धेरै बोल्न नहुने बताउँदै खाँणले न्याय पाउनेमा आशावादी रहेको उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार