काठमाडौँ : बझाङको चैनपुर केन्द्रबिन्दु भएर भूकम्पको गएको छ ।
बुधबार साँझ ६ बजेर ४४ मिनेटमा चैनपुर आसपास भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि मंगलबार भक्तपुर र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर २ वटा भूकम्प गएको थियो ।





