विपिन जोशी जीवित छन्, छाड्ने विश्वास दिलाइएको छ : प्रचण्ड

२०८० मंसिर १८, सोमबार

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्यालेस्टाइनी विद्रोही समूह ‘हमास’को नियन्त्रणमा रहेका भनिएका नेपाली युवा विपिन जोशी जीवित रहेको बताएका छन् ।

सोमबार मूलधारका मिडियाका सम्पादकहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले विपिन जोशीलाई रिहा गर्ने विश्वास दिलाइएको पनि जानकारी गराए । उनले भने, ‘सरकार आफैँ गएर ल्याउन सकिने अवस्था छैन तर सरकारले यसबारे पहल गरिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार