गोरखामा भेटियो महिलाको शव

२०८० मंसिर २१, बिहीबार

काठमाडौं : गोरखामा एक जना महिलाको शव फेला परेको छ।

पालुङटार नगरपालिका वडाा नम्बर ६ कुमालटारीस्थित गोरेटो बाटोमा बिहीबार एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले बताएको छ। गोरेटोको छेउमा करिब २५ वर्षीया महिलाको शव फेला परेको हो।

शवको सनाखत नभएकोले गोरखा प्रहरीले फेसबुकमा तस्बिर सार्वजनिक गरेको छ।

शव रातो ब्ल्यांकेटले बेरेको अवस्था फेला परेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार