सुनको मूल्यमा भारी बृद्धी

२०८० मंसिर २८, बिहीबार

काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य २८ सय रूपैयाँले बढेको छ । बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १६ हजार रुपैयाँ कायम भएकोमा आज २ हजार ८ सय रूपैयाँले बढेर १ लाख १८ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार २५० रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ कायम भएकोमा आज ५५ रूपैयाँले बढेर १४ सय ५५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार