बाटोमा रुख ढालेर, ढुंगा लडाएर पहिचानको माग सम्बोधन हुँदैन : केपी ओली

२०८० मंसिर ३०, शनिबार

तेह्रथुम : प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानको माग बाटोमा रुख ढालेर सम्बोधन नहुने बताएका छन्।

तेह्रथुमको म्याङ्लुङमा शुक्रबार आयोजित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वार्ता र छलफलबाट समाधान खोजिनु पर्ने बताए। तर पहिचानको मुद्दा बाटोमा ढुङ्गा लडाएर, सल्लोको रुख ढालेर सम्बोधन नहुने उनले बताए।

‘बाटाको ढुङ्गामुढाले, बाटोको विरोध प्रदर्शनले, बाटाको व्यवधानले, बाटोमा सल्लाको रुख ढालेर समस्या समाधान हुँदैन,’ ओलीले भने, ‘सल्लाको रुख उभिँदा समस्या भएको हो र त्यसको समाधान रुख ढालेर हुन्छ र? बाटो अवरोध गर्ने, सल्लाको रुख  ढाल्ने काम नचाहिने कुरा हो।’ आफूहरू समृद्ध नेपाल सुखी नेपालीको अभियानमा हिँडेकोले यो कसैकोविरुद्ध नभएको ओलीले स्पष्ट पारे। उनले आफूहरु देशको पक्षमा, जनताको पक्षमा हिँडेकाले विरुद्धमा लागेकाले पनि यो अभियानबाट प्रतिफल पाउने बताए।

‘हामीले  जेलनेल भोगेको, बलिदान दिएको, दु:ख कष्ट गरेको हाम्रो लागि होइन, उहाँहरूको निम्ति हो’, ओलीले भने, ‘यो अभियानबारेमा सबैले बुझ्नु राम्रो हुन्छ भन्ने मेरो आग्रह हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार