आफ्नै घरमा काम गर्ने किशोरी बलात्कारको आरोपमा माओवादी नेता पक्राउ

२०८० पुष १, आईतवार

काठमाडौं : आफ्नै घरमा काम गर्ने किशोरी बलात्कारको आरोपमा माओवादी नेता भूमिनन्द देवकोटा पक्राउ परेका छन् । प्रहरीले काठमाडौं महानगरपालिका–३२ मा बस्दै आएका गोरखाका ६५ वर्षीय देवकोटालाई पक्राउ गरेको हो । डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला देवकोटाले स्वकीय सचिवालयमा काम गरेका थिए ।

अनुसन्धानका क्रममा ६ वर्षको उमेरदेखि पीडित बालिकालाई देवकोटाले आफ्नो घरमा संरक्षण दिएर राखेको तर पछि बलात्कार गरेको आरोप लागेको छ । प्रहरीमा पीडित बालिकाले दिएको जाहेरीमा देवकोटाले विगत १ वर्षदेखि उनलाई जबरजस्ती करणी गरेको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार