प्रधानमन्त्रीलाई गगनको सुझाव : उद्‌घाटन र शिलन्यासमा नजाने घोषणा गर्नुस्

२०८० पुष ६, शुक्रबार

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उद्‌घाटन, शिलान्यासमा नहिड्न सुझाव दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले सरकारको एक वर्ष पुगेको अवसरमा १० पुसमा राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । सरकारको एक वर्ष पुगेसँगै ‘बोल्ड डिसिजन’ लिने प्रधानमन्त्री प्रचण्डले बताएका छन् । ‘पुस १० गतेको तपाईको घोषणामा पहिलो काममा माघ १० गतेसम्म म कुनै एउटा पनि उद्धघाटनमा जान्न,’ उदयपुरको कांग्रेस जिल्ला सम्मेलनमा प्रधानमन्त्रीलाई सुझाव दिँदै शुक्रबार थापाले भने,‘म एउटा पनि शिलान्यास कार्यक्रममा जान्न। र, म एक ठाउँमा पनि गएर बोल्दिन भन्‍ने हुनुपर्छ ।’

बिहान ८ बजेदेखि सिंहदरबारमा प्रधानमन्त्री हुनुपर्ने उनले बताए । देशलाई बोल्ने प्रधानमन्त्री र मुख्यमन्त्री नभई काम र परिणाम दिने चाहिएको होइन उनले बताए । प्रधानमन्त्रीले एक वर्ष पुगेपछि यो गर्छु र त्यो गर्छु भनिरहेको सुनेको बताउँदै थापाले भने,‘एक वर्ष राम्रो काम गर्छु भन्नका लागि अर्को एक वर्ष कुर्दैनौं ।’

एक वर्ष साथ दिएको र अब कांग्रेसले प्रधानमन्त्रीसँग परिणाम खोज्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार