झुलाझाट-चिवाभञ्ज्याङ यात्राले गलत भाष्यलाई चिर्न र नयाँ स्थापित गर्न सफल भयो : ओली

२०८० पुष ८, आईतवार

काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले हालै सम्पन्न गरेको झुलाझाट–चिवाभञ्ज्याङ यात्राले गलत भाष्यलाई चिर्न र नयाँ स्थापित गर्न सफल भएको दाबी गरेका छन्।

यात्राबारे जानकारी दिन आइतबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीले सम्पन्न गरेको झुलाझाट-चिवाभञ्ज्याङ यात्राले गलत भाष्यलाई चिर्न र नयाँ स्थापित गर्न सफल भएको दाबी गरेका हुन्।

‘अनेक प्रकारका भाष्यहरू तयार गर्न खोजिएको थियो। अहिले पनि राणा शासन नै राम्रो थ्यो भन्ने भेटिन्छन्। पञ्चायत राम्रोथ्यो भन्ने भेटिन्छन्। गलत भाष्यलाई चिर्न र नयाँ सही भाष्य स्थापित गर्न यो यात्रा सफल भएको छ,’ ओलीले भने। झुलाझाट-चिवाभञ्ज्याङ यात्रा सफल भएको दाबी गर्दै उनले यात्राका क्रममा स्थानीय समस्याबारे गम्भीर विचार विमर्श भएको जानकारी दिए।

राजनीतिक अस्थिरताको कारणले जनतामाझ रहेको निराशालाई यात्राले चिर्न सफल भएको दाबी गर्दै उनले राजनीतिलाई फेरि हिंसा र उत्तेजनातिर फर्काउने प्रयासलाई निस्तेज पारेको पनि बताए।

‘संकल्प यात्रा अत्यन्तै उत्साहप्रद र सफल रह्यो। जनताको चासो, साथ सहयोग, समर्थन र स्वागत जुन कोणबाट हेर्दा पनि सफल नै सफल रह्यो’, उनले भने, ‘लाखौं मानिस प्रत्यक्ष सरिक हुनुभयो।’ ओलीले राणा शासन राम्रो थियो भन्ने भाष्य सिर्जना गर्न खोजिएपनि आफूहरुलाई त्यो भाष्य कदापी स्वीकार्य नहुने बताए।

‘राणा शासननै राम्रो थियो र पञ्चायत नै राम्रो थियो भन्ने पनि भेटिन्छन्। त्यो ग्राह्य, स्वीकार्य हुन सक्दैनौं। हामी गलत भाष्यलाई चिर्न र नयाँ यथार्थ भाष्यलाई स्थापित गर्न यो यात्रा सफल भएको छ,’ ओलीले भने, ‘हामी सफल भएका छौँ। एउटा राजनीतिक रुपमा रहेको अस्थिरता, अन्यौल, निराशा जस्ता कुराहरूले जनतामा आइरहेको नैराश्यभावलाई यस यात्राले चिर्ने काम गरेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार