काठमाडौँ : आइतबार राति भूकम्पको धक्का महसुस भएको छ । राति १० बजेर २१ मिनेटमा ५.० म्याग्निच्युडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ । भूकम्पको धक्का सिन्धुपाल्चोक आसपासका जिल्लामा पनि महसुस भएको छ ।





