जापान महान् परिवर्तनको युगमा : प्रधानमन्त्री किशिदा

२०८० पुष १६, सोमबार

काठमाडौं : जापानी प्रधानमन्त्री फुमियो किशिदाले जापानले सन् २०२४ मा ‘महान परिवर्तनको युग’ मा गइरहेको तथा धेरै चुनौतीहरूको सामना गरिरहेको बताए ।

प्रधानमन्त्री किशिदाले आफ्नो नयाँ वर्षको भाषणमा मार्फत् ‘जापानले धेरै महत्वपूर्ण चुनौतीहरूको सामना गरिरहेको बताए । सम्बोधनमा जनसङ्ख्या घट्दै गएको विषय प्रति प्रतिक्रिया तथा संवैधानिक सुधारहरू समावेश गरिएको बताए ।

सत्तारुढ प्रजातान्त्रिक पार्टी भित्रको राजनीतिक खिचातानीबारेको प्रतिक्रियामा उनिले ‘सार्वजनिक विश्वास पुनः स्थापना गर्न हर सम्भव प्रयास गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।”

प्रधानमन्त्री किशिदाले नीति प्रवद्र्धनमा राजनीतिक स्थिरता आवश्यक भएको उल्लेख गर्नु भएको छ ।

सामाजिक आर्थिक क्षेत्रमा मूल्यवृद्धि पार गर्ने, ज्याला वृद्धि गर्ने प्रतिबद्धता गरे । जापानले असहज मानसिकताबाट पूर्णतया मुक्त भई अर्थतन्त्रको लागत कटौतीको माध्यमबाट यस बर्षबाट पूर्णतया सङ्कुचन मुक्त हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री किशिदाले निरन्तर विकाससगै परिवर्तनलाई शक्तिमा परिणत गर्ने आगामी दिनमा अझ राम्रो हुने विषयमा सबै जनताले विश्वास दिलाउने प्रतिबद्धता व्यक्त गरे ।

उनिले सन् २०२४ विश्वव्यापी मामिलाहरूको सन्दर्भमा, तनावको वर्ष हुनसक्ने आँकलन गर्नु भएको छ । उनिले रूस–युक्रेन द्वन्द्व, गाजा द्वन्द्व, , आगामी अमेरिकी राष्ट्रपति चुनावलगायतका महत्वपूर्ण घटनालाई उद्धृत गदै सन् २०२४ मा पनि आर्थिक सङ्कट जारी रहनसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार