एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

२०८० पुष २२, आईतवार

काठमाडौं : एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ। अहिले बिहान साढे ११ बजे पार्टी मुख्यालय आलोकनगरमा ७२ औं सचिवालयको बैठक बोलाइएको एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।

शनिबार दिउँसो बसेको ७१ औं सचिवालय बैठकले राष्ट्रिय सभाको उम्मेदवारको टुंगो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसालललाई दिएको थियो। स्रोतका अनुसार आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको थियो। गठबन्धनको बैठकले सिट बाँडफाँटको टुंगो लगाएको छ।

राष्ट्रिय सभाको रिक्त १९ स्थानमध्ये नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादी पार्टी (जसपा)ले १ सिट लिने गरी गठबन्धन घटक दल सहमति नजिक पुगेको बताइएको छ। यद्यपि त्यसमा आफूहरू असन्तुष्ट रहेको उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए। बालुवाटार बैठकमा कुरा नमिलेपछि थप निर्णय लिन एकीकृत समाजवादीले आकस्मिकरूपमा सचिवालयको बैठक बोलाएको हो। ‘हामीले तीन नेतालाई उम्मेदवारको टुंगो लगाउने जिम्मा दिएका थियौं,’ खतिवडाले भने, ‘गठबन्धनमा भएको कुराकानी र उम्मेदवारहरूबारे छलफल गर्न सचिवालय बैठक बोलाएका हौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार