काठमाडौं : बुधबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले घटेको छ । मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले घटेर १ लाख १८ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ९५० सय रुपैयाँ कायम भएको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १४ सय १० रूपैयाँ कायम भएको छ ।





