काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीको मति अझै नसप्रेकाले कम्युनिस्ट एकताको चाहना राखेरमात्र केही नहुने बताएका छन् ।
बुधबार काठमाडौँमा पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राष्ट्रियसभा चुनावका बेला समेत ओलीले प्रधानमन्त्री समेत रहेका प्रचण्डसँग एकीकृत समाजवादीलाई जिरो सिट दिन भनेको भन्दै गुनासो गरे । ‘अहिले पनि राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा प्रचण्डकहाँ गएर हामीलाई ६ सिट दिनुस्, कांग्रेसलाई नौ सिट दिनुस्, तपाई पाँच सिट लिनुस्, एकीकृत समाजवादीलाई जिरो सिट दिनुस् भने’, अध्यक्ष नेपालले ओलीको भनाई उधृत गर्दै थप भने, ‘हामीलाई जिरो सिट दिने रे !’





