काठमाडौं : सशस्त्र प्रहरी बलका श्रेणीविहीन कर्मचारी (परिचर)को अब पाँच स्तर कायम भएको छ। त्यहीअनुसार उनीहरूको सेवा–सुविधा थप हुने भएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरीका श्रेणीविहीन कर्मचारीको पाँचस्तर कायम गरी सुरु तलबमान, ग्रेड संख्या र ग्रेडदर स्वीकृत गरेको छ। यसअघि सशस्त्र प्रहरीका परिचरको एउटै स्तर हुने गर्दथ्यो। अर्थ मन्त्रालयले लगेको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै अब परिचरहरूको पनि बढुवा हुने भएको छ।
यसले परिचर तहमा कार्यरत कर्मचारीको मनोबल बढ्ने सशस्त्र प्रहरीका अधिकारी बताउँछन्।





