सञ्चार सचिवमा सुवेदी

२०८० पुष २६, बिहीबार

काठमाडौँ : सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवको जिम्मेवारी वरिष्ठ सचिव रामकृष्ण सुवेदीलाई दिएको  छ ।

सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरी  आयोगमा रहेका सचिव सुवेदीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ल्याइएको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दुई सचिवको सरुवा गरेको हो । सुवेदीले  यसअघि शिक्षा मन्त्रालयको सचिवको रुपमा समेत काम गरिसकेका छन् । सुवेदी ऐन नियम अनुसार चल्ने र निर्णय क्षमता राम्रो भएका सचिवका रुपमा परिचित छन् ।

यद्यपि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहत रहेको  सञ्चार सम्बद्ध  विभिन्न खाले नेटवर्क र स्वार्थसमुहको  गलत धन्दालाई चिर्नुपर्ने चुनौती सुवेदीको काँधमा छ ।सरुवा भएका सचिव राउतले पनि ऐन नियम र कानुनमा रहेर कामगर्नुपर्ने भन्दै सोही अनुसारको अडान लिँदै आइरहेको स्रोतले जानकारी दिएको छ । राउतले विभिन्न स्वार्थसमुहको रुचि अनुसार काम नगरेकाले उनलाई हटाइएको दाबी स्रोतको छ ।

यद्यपि हाल मन्त्रालयमा  आएका सुवेदी पनि स्वार्थ समूहको रुचि अनुसार काम नगर्ने स्वभावका सचिवको रुपमा रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार