‘त्रिशूलीमा खसेको गाडीका चालक अर्को गाडी चढेर गए’

२०८० माघ २, मंगलवार

काठमाडौँ : जिल्ला प्रहरी कार्यालय चितवनले त्रिशुली नदीमा खसेको बोलेरो जिपका चालक सकुशल रहेको बताएको छ। चितवनका प्रहरी प्रवक्त डिएसपी श्रीराम भण्डारीका अनुसार आज बिहान ४ः४० मा त्रिशुली नदीको ३ नम्बर पुलमा खसेको भारतीय नम्बर प्लेटको बोलेरो जिप दुर्घटनामा कुनैपनि मानवीय क्षति भएको छैन।

उनले भने, प्रत्यक्षदर्शीले हामीलाई बताए अनुसार गाडीका चालक करिब ५ः३० बजे अर्को गाडी चढेर गएको देखेका थियौं। गाडी दुर्घटना हुनु अघि चालकले हाम फालेर ज्यान जोगाएको र अर्को गाडीमा कतै गएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार