एकीकृत समाजवादी सरकारसँग असन्तुष्ट, सरकारबाट बाहिरिन सक्ने

२०८० माघ २, मंगलवार

काठमाडौं : नेकपा एकीकृत समाजवादी सरकारसँग असन्तुष्ट बनेको छ ।

एकीकृत समाजवादीको सचिवालय बैठकमा सरकारको विषयमा कठिन निर्णय लिन अध्यक्ष माधव नेपालमाथि दबाब दिइएको बताइएको छ । हिजो बसेको सचिवालय बैठकमा सरकारसँग पार्टीका अधिकांश नेता असन्तुष्ट रहेको एकीकृत समाजवादीका एक नेताले बताए । 

आजै सो पार्टीका सम्मानित नेता झलनाथ खनालले पार्टी सरकारबाट बाहिरिन सक्ने बताएका थिए । गठबन्धनमा अटाउन आफूहरूलाई गारो भएको भन्दै उनले सरकारबाट बाहिरिन सक्ने संकेत गरेका हुन । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार