दुई करोड नगदसहित कपडा व्यापारी नरेश अग्रवाल पक्राउ

२०८० माघ ५, शुक्रबार

काठमाडौं : राजस्व अनुसन्धान विभागले दुई करोड नगदसहित कपडा व्यापारी नरेश अग्रवाललाई पक्राउ गरेको छ। विभागको टोलीले बिहीबार राति क्षेत्रपाटीस्थित उनको निवासमा छापा मारी २ करोड नगद सहित पक्राउ गरेको हो।

हुन्डी र सुन कारोबारको आरोपमा अग्रवाललाई नियन्त्रणमा लिइएको राजस्व अनुसन्धान विभागले जनाएको छ। साथै अग्रवालबाट २ हजार अमेरिकी डलर पनि बरामद भएको विभागले जनाएको छ।

विभागका अनुसार अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको विषयमा थप अनुसन्धान भइरहको छ। अवैध धन्दामा लागेको शंकामा अग्रवाललाई लामो समयदेखि निगरानीमा राखिएको थियो। अग्रवालबारे थप अनुसन्धान भइरहेको विभागले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार