बोक्साको आरोपमा काकाको हत्या गर्ने दुई भतिज १५ वर्षपछि काठमाडौँबाट पक्राउ

२०८० माघ ५, शुक्रबार

काठमाडौँ : बोक्साको आरोपमा काकाको हत्या गरी फरार रहेका दुई अभियुक्तलाई काठमाडौँ प्रहरीले १५ वर्षपछि पक्राउ गरेको छ। २९ असोज २०६५ मा उनीहरुले काभ्रेको रोशि गाउँपालिका ३ घर भएका चमार सिंह मगर भनिने जनकबहादुर मगरको हत्या गरी फरार भएका उनका भतिजा नाता पर्ने टंकबहादुर मगर र सन्त बहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो।

बोक्साको आरोपमा मगरलाई कुटपिट पश्चात हत्या गरी फरार रहेका मगरद्वयलाई गएको पुस २४ गते पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। उनीहरुलाई आवश्यक कारवाहीको जिल्ला अदालत काठमाडौँमा बुझाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार