घुससहित पक्राउ परेका तत्कालीन नगर प्रमुख पटेललाई सफाइ

२०८० माघ ५, शुक्रबार

रौतहट : रौतहटको देवाही गोनाही नगरपालिकाका तत्कालीन नगर प्रमुख धर्मेन्द्रप्रसाद पटेल र उनका सहयोगी अशोकप्रसाद पटेललाई विशेष अदालतले सफाइ दिएको छ।

घुस रकम र चेकसहित पक्राउ परेका दुवैजनालाई विशेष अदालतका न्यायाधीश खुशीप्रसाद थारु, तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले भ्रष्टाचार मुद्दामा सफाइ दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुवैजनालाई भवन निर्माण भएपछि अन्तिम बिल भुक्तानी दिने क्रममा उपभोक्ता समितिबाट ५ लाख घुस लिइसकेको अवस्थामा  २०७८ फागुन १५ गते पक्राउ गरेको थियो।

नगरप्रमुख पटेलले घुसस्वरुप उपभोक्ता समितिबाट २ लाख ५० हजार रुपैयाँ र २ लाख ५० हजार रुपैयाँको चेक लिइसकेका बेला रंगेहात पक्राउ गरेको थियो। रंगेहात समातिएका दुवैजनाविरुद्ध अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सफाइ दिने निर्णय गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार