मोबाइलमा कार्टुन हेर्दाहेर्दै अचानक ढलेकी ५ वर्षीया बालिकाको मृत्यु

२०८० माघ ८, सोमबार

काठमाडौँ : भारतको उत्तरप्रदेश राज्यस्थित अमरोहामा मोबाइल हेर्दाहेर्दै ५ वर्षीय बालिकाको मृत्यु भएको छ। घटना हसनपुर क्षेत्रको हथियाखेडा गाउँको हो। शुक्रबार राति मोबाइलमा कार्टुन हेरिरहेका बेला ती बालिका ढलेकी थिइन्।

परिवारजनले उनलाई गाउँकै एक चिकित्सककहाँ लगे तर चिकित्सकले उनको मृत्यु भइसकेको बताए। भारतीय सञ्चारमाध्यमका अनुसार परिवारजनले भने हृदयाघातका कारण बालिकाको मृत्यु भएको बताएका छन्।

तर पोस्टमार्टम नगरिएका कारण बालिकाको मृत्युको ठोस कारण किटान गर्न कठिन हुने चिकित्सकले बताएका छन्। परिवारजनले बालिकाको दाहसंस्कार गरिसकेकाले पोस्टमार्टम गर्न नपाइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार