काठमाडौं : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ६० रुपैयाँ छ भने गोलभेँडा सानो लोकलको २५ रुपैयाँ रहेको समितिले जनाएको छ ।
यसैगरी आलु रातोको ३५, काउली स्थानीयको ५०, लौकाको ७०, सलगमको ८०, तोरीको सागको ५०, अनारको ३०० रुपैयाँ रहेको छ ।






