३ अमेरिकी सैनिक जोर्डनमा मारिए

२०८० माघ १५, सोमबार

जोर्डनस्थित अमेरिकी सैन्य शिविरमा भएको आक्रमणमा परी तीन अमेरिकी सैनिकको ज्यान गएको छ। घटनामा दर्जनौँ घाइते भएका छन्। अमेरिकाले यो आक्रमण इरान समर्थित लडाकु समूहहरुले गराएको बताएको हो।

पश्चिम एसियामा पछिल्लो पटक सुरु भएको द्वन्द्वका क्रममा पहिलो पटक अमेरिकी सैनिक मारिएका हुन्। जसका कारण अमेरिकी नेतृत्व दबाबमा परेको छ।राष्ट्रपति जो बाइडेनले यसको बदला लिने बताएका छन्।

तर, यो आक्रमण कसले गर्‍यो भन्ने खुलेको छैन। इरानले आक्रमणमा आफ्नो संलग्नता नरहेको बताएको छ। अमेरिकाले मारिएका र घाइतेहरुको नाम समेत सार्वजनिक गरेको छैन। सैनिकहरुको क्वार्टरमा ड्रोन विस्फोट भएको बताइएको छ। जुन शिविर सिरियाको सीमानजिक जोर्डनको भूमिमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार