कवाडी व्यवसाय ३५ दिनभित्र हटाउन काठमाडौं वडा नं. १५ को सूचना जारी

२०८० माघ १९, शुक्रबार

काठमाडौं : काठमाडौं महानगरपालिका वडा नं. १५ ले आफ्नो वडामा सञ्चालित कवाडी व्यवसायलाई ३५ दिनभित्र हटाउन सूचना जारी गरेको छ ।

वडाध्यक्ष ईश्वर मान डंगोलले सूचना निकाल्दै वडाबासीहरुले कवाडी व्यवसायका कारण वातावरण प्रदुषण, आगलागी तथा चोरी घटना समेत बढीरहेको गुनासो आएको भन्दै आफ्ना वडामा सञ्चालित त्यस्ता व्यवसाय ३५ दिनभित्र हटाउन अनुरोध गरेका छन् ।

वडाले त्यस्ता व्यवसाय सूचना प्राप्त भएको ३५ दिनभित्र हटाउन सूचनामा भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार