दलित बुहारी भित्र्याएको भन्दै रोकिएको श्राद्ध तिथिमै गरिदिने पुरोहितको वाचा

२०८० माघ २१, आईतवार

काभ्रे : दलित बुहारी भित्र्याएको भन्दै पितृकार्य (श्राद्ध) गर्न नगएका पुरोहितले अन्ततः प्रहरी कार्यालयमा पुगेर आउँदो तिथिमै श्राद्ध गर्ने प्रतिबद्धता जनाएका छन् । गएको माघ ११ गते परेको तिथिमा पुरोहित माधवराज न्यौपाने जातीय विभेद देखाएर श्राद्ध गर्न गएका थिएनन् ।

काभ्रेको भुम्लु गाउँपालिका–२, सिमथलीका धर्मध्वज भण्डारी र उनकी पत्नी देवकी विकले जातीय विभेद गरेको भन्दै माघ १४ गते प्रहरीमा उजुरी दिएपछि आइतबार प्रहरी कार्यालयमा पुगेर पुरोहितले तिथिमै श्राद्ध गर्ने सहमति गरेका हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले उक्त विषयमा छलफलका लागि दुवै पक्षलाई आइतबार कार्यालयमा बोलाएको र सहमति भएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

‘पुरोहितले रोकिएको श्राद्ध तिथिअनुसार नै गर्नेबारेमा दुई पक्षबीच सहमति भएको छ,’ उनले भने, ‘माघ ११ गते आफ्नो कार्य व्यस्तताका कारण श्राद्धमा उपस्थित हुन नसकेको कुरा पुरोहितले छलफलका क्रममा बताउनुभएको छ ।’

माघ ११ गते पुरोहित नआएपछि धर्मध्वज भण्डारीको बुबाको पितृकार्य रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0

ताजा समाचार