पोखरा : गण्डकी प्रदेशले स्थापना दिवसको अवसरमा भोलि (शुक्रवार) सार्वजनिक बिदा दिएको छ ।
गण्डकीले बुधवार एक विज्ञप्ति जारी गर्दै प्रदेश स्थापना दिवसका दिन फागुन ४ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिएको हो ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रवीण ढकालका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक बिदा दिइएको हो ।






