गौरिका र एलेक्सद्वारा नयाँ राष्ट्रिय कीर्तिमान

२०८० फाल्गुन ४, शुक्रबार

काठमाडौं : कतारको दोहामा जारी वल्र्ड एक्वाटिक्स च्याम्पियनसिपमा नेपाली पौडीबाज गौरिका सिंह र एलेक्सेन्डर शाहले राष्ट्रिय कीर्तिमान राखेका छन् । दक्षिण एशियाली खेलकुदमा चार स्वर्ण जितेकी गौरिकाले आफ्नो पुरानो कीर्तिमान तोडेकी हुन्।

गौरिकाले ५० मिटर ब्याकस्ट्रोकमा ३०.८० सेकेन्ड समयको नयाँ कीर्तिमान राखिन् । उनले जापानको फुकुवाकामा भएको वल्र्ड एक्वाटिक्स च्याम्पियनसिप २०२३ मा ३१.४४ सेकेन्ड समयलाई पछि पारेर नयाँ कीर्तिमान राखेकी हुन्। यस्तै, उनले एक सय मिटर ब्याकस्ट्रोकमा पनि एक मिनेट ५.४७ सेकेन्डको नयाँ कीर्तिमान कायम गरेकी थिइन्।

यस्तै, सोही च्याम्पियनसिपमा एलेक्सजेन्डरले पनि आफ्नो पुरानो राष्ट्रिय कीर्तिमानमा सुधार गर्दै नयाँ कीर्तिमान कायम गरे। उनले एक सय मिटर फ्रिस्टायलमा ५२.१७ सेकेन्डको समयको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन्। यसअघि उनले पनि जापानको फुकुवाकामा भएको वल्र्ड एक्वेटिक्स च्याम्पियनसिप २०२३ मा ५२.९४ सेकेन्ड समयको राष्ट्रिय कीर्तिमान राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार