बच्चाले लाइटर चलाउँदा घरगोठ जलेर नष्ट

२०८० फाल्गुन ४, शुक्रबार

ताप्लेजुङ : ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा बच्चाले लाइटर चलाउँदा एउटा घर जलेको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी कमलकुमार लुङ्गेलीका अनुसार आज दिउँसो  लिम्बूका घरमा आगलागी भएको हो । बच्चाले लाइटर बालेर खेल्दा फुसको घरमा आगो लागेको हो । घरसँगै रहेको गाई गोठ पनि नष्ट भएको छ ।

घरभित्रको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन सबै सामान नष्ट हुँदा रु ५५ हजारभन्दा बढीको क्षति भएको पनि उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार