नेपालले आज नेदरल्यान्ड्सँग खेल्दै

२०८० फाल्गुन ५, शनिबार

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपालको रोहित पौडेल र नेदरल्यान्ड्सको स्कट एडवार्ड्सले कप्तानी गर्नेछन् । पछिल्लो पटक गत जुनमा जिम्बावेमा सम्पन्न आईसीसी एक दिवसीय विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको थियो । सट बलमा नेपाललाई फसाउँदै डच टोलीले १६७ रनमा अल आउट गरेको थियो ।

त्यस खेलमा ४ विकेट लिएका लोगन भान बिक यस पटक टोलीमा छैनन् । उक्त लक्ष्य नेदरल्यान्ड्सले २७.१ ओभरमा तीन विकेट गुमाउँदै पूरा गरेको थियो । ७५ बलमा ८ चौका र ४ छक्कासहित ९० रनको इनिङ खेलेका ओपनर म्याक्स ओडाउड नेपालको कन्डिसन बारे जानकार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार